२०८२, १० आश्विन शुक्रबार

नेपाल बैंकको पहल : कर्मचारी र ग्राहकलाई Hyundai गाडीमा विशेष छुट

नेपाल बैंकको पहल : कर्मचारी र ग्राहकलाई Hyundai गाडीमा विशेष छुट


काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो कर्मचारी र ग्राहकलाई लक्षित गर्दै नयाँ सुविधा सुरू गरेको छ। बैंकले Hyundai गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएपछि यसलाई संस्थाको तर्फबाट ‘राम्रो कामको शुरुवात’ मानिएको छ।

नेपाल बैंक र Hyundai गाडीका आधिकारिक विक्रेता Laxmi Intercontinental Pvt. Ltd. बीच बिहीबार सम्झौता भएको हो। सम्झौताअनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले गाडी खरिद गर्दा कम्पनीले दिने नियमित छुटबाहेक थप रु. ५० हजारदेखि ८१ हजारसम्म छुट पाउनेछन्। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र Laxmi Intercontinental Pvt. Ltd. का महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन्।

नेपाल बैंकले कर्मचारी र ग्राहकको हितलाई ध्यानमा राखी गरिएको यो समझदारीलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरेको छ। बैंकका अनुसार, यस किसिमका सहकार्यहरूले कर्मचारी र ग्राहकप्रतिको सम्बन्ध अझ मजबुत हुनेछन्।

प्रकाशित मिति : २०८२, १० आश्विन शुक्रबार  १० : १७ बजे

नेपाल बैंकको पहल : कर्मचारी र ग्राहकलाई Hyundai गाडीमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो कर्मचारी र ग्राहकलाई लक्षित

सुदन किराँतीको स्पष्ट प्रहार : ‘जेनजी विद्रोहको मुख्य जिम्मेवार माओवादी’

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किराँतीले जेनजी

अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट मात्र हुने

काठमाडौं। अर्थ मन्त्रालयले आजदेखि आफ्ना सबै प्रकारका टिप्पणी तथा निर्णय

आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना

काठमाडौं। बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा

पनौती सुकुटे डेरीको भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका-५, अरनिको राजमार्गमा दुध संकलनका लागि गएको