२०८३, २२ जेष्ठ शनिबार

नेपाल बैंकको पहल : कर्मचारी र ग्राहकलाई Hyundai गाडीमा विशेष छुट

नेपाल बैंकको पहल : कर्मचारी र ग्राहकलाई Hyundai गाडीमा विशेष छुट


काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो कर्मचारी र ग्राहकलाई लक्षित गर्दै नयाँ सुविधा सुरू गरेको छ। बैंकले Hyundai गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएपछि यसलाई संस्थाको तर्फबाट ‘राम्रो कामको शुरुवात’ मानिएको छ।

नेपाल बैंक र Hyundai गाडीका आधिकारिक विक्रेता Laxmi Intercontinental Pvt. Ltd. बीच बिहीबार सम्झौता भएको हो। सम्झौताअनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले गाडी खरिद गर्दा कम्पनीले दिने नियमित छुटबाहेक थप रु. ५० हजारदेखि ८१ हजारसम्म छुट पाउनेछन्। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र Laxmi Intercontinental Pvt. Ltd. का महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन्।

नेपाल बैंकले कर्मचारी र ग्राहकको हितलाई ध्यानमा राखी गरिएको यो समझदारीलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरेको छ। बैंकका अनुसार, यस किसिमका सहकार्यहरूले कर्मचारी र ग्राहकप्रतिको सम्बन्ध अझ मजबुत हुनेछन्।

प्रकाशित मिति : २०८२, १० आश्विन शुक्रबार  १० : १७ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति