सिन्धुपाल्चोक । बलेफी गाउँपालिका-५, अरनिको राजमार्गमा दुध संकलनका लागि गएको मिनि डेलिभरी भ्यान दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार आज बिहान करिब ५:२० बजे पनौती नगरपालिका-१०, पस्थलीका २२-२३ वर्षका नवराज खुलालले चलाएको बा १२ च ६५९४ नम्बरको मारुती मिनि डेलिभरी भ्यान सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, चौतारा-साँगाचोकगढी-१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडीचौरतर्फ जाँदै गरेको उक्त भ्यानमा चालक मात्र सवार रहेको खुलेको छ। दुर्घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटिएको छ र चालक नवराज खुलालको खोजतलास जारी रहेको छ। प्रहरीले दुर्घटनास्थलमा थप अनुसन्धान जारी राख्ने जनाएको छ।
प्रतिक्रिया