काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ओम कपन डेन्टलमा विशेष छुट सुविधा पाउने भएका छन्। कम्पनीका अनुसार, बीमितहरूले स्केलिङ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् भने अन्य चेकअप तथा उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।
यो सुविधा प्रयोग गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। त्यस्तै, अभिकर्ता र कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि छुटको लाभ लिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीले यस पहलमार्फत आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरूलाई थप सहज र लाभदायी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया