२०८२, ११ मंसिर बिहीबार

जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानीमा सिद्धार्थ प्रिमियर अग्रसर

जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानीमा सिद्धार्थ प्रिमियर अग्रसर


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा, तोडफोड र आगजनीबाट क्षति व्यहोरेका बीमितलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न सुरु गरेको जनाएको छ।

कम्पनीले ग्राहकहरूलाई आवश्यक कागजात उपलब्ध गराउन आह्वान गर्दै भनेको छ, “दुःखद परिस्थितिमा भरोसाको सहारा बन्ने हाम्रो प्रयास सदैव छिटो र पारदर्शी हुनेछ।”

भदौ २४ गतेको हिंसापछि कम्पनीका उच्चपदस्थ अधिकारी र सर्वेयर टोलीले क्षति भएका सम्पत्तिको प्रारम्भिक निरीक्षण सुरु गरेका थिए। प्रारम्भिक मूल्याङ्कन अनुसार, अर्बौँ रुपैयाँको क्षति भएको र नेपालका बीमा कम्पनीहरूमा उल्लेखनीय संख्यामा दाबी दर्ता भइरहेको कम्पनीले जनाएको छ।

सिद्धार्थ प्रिमियरले भुक्तानी प्रक्रिया द्रुत गतिमा अगाडि बढाइरहेको र देशभरिका शाखा, प्रदेश तथा प्रधान कार्यालयमार्फत अझै जानकारी दिन बाँकी बीमितलाई छिटो दाबी पेश गर्न आग्रह गरेको छ।

कम्पनीका अनुसार, गत वर्षको बाढी–पहिरोमा सबैभन्दा बढी बीमा दाबी भुक्तानी गरेको अनुभवका आधारमा यसपटक पनि दाबी फर्छ्यौटमा उच्च प्राथमिकता दिइएको छ। कम्पनीले यस किसिमका कठिन परिस्थितिमा पनि ग्राहकको भरोसा कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ०२ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री