२०८३, २८ श्रावण शुक्रबार

जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानीमा सिद्धार्थ प्रिमियर अग्रसर

जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानीमा सिद्धार्थ प्रिमियर अग्रसर


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा, तोडफोड र आगजनीबाट क्षति व्यहोरेका बीमितलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न सुरु गरेको जनाएको छ।

कम्पनीले ग्राहकहरूलाई आवश्यक कागजात उपलब्ध गराउन आह्वान गर्दै भनेको छ, “दुःखद परिस्थितिमा भरोसाको सहारा बन्ने हाम्रो प्रयास सदैव छिटो र पारदर्शी हुनेछ।”

भदौ २४ गतेको हिंसापछि कम्पनीका उच्चपदस्थ अधिकारी र सर्वेयर टोलीले क्षति भएका सम्पत्तिको प्रारम्भिक निरीक्षण सुरु गरेका थिए। प्रारम्भिक मूल्याङ्कन अनुसार, अर्बौँ रुपैयाँको क्षति भएको र नेपालका बीमा कम्पनीहरूमा उल्लेखनीय संख्यामा दाबी दर्ता भइरहेको कम्पनीले जनाएको छ।

सिद्धार्थ प्रिमियरले भुक्तानी प्रक्रिया द्रुत गतिमा अगाडि बढाइरहेको र देशभरिका शाखा, प्रदेश तथा प्रधान कार्यालयमार्फत अझै जानकारी दिन बाँकी बीमितलाई छिटो दाबी पेश गर्न आग्रह गरेको छ।

कम्पनीका अनुसार, गत वर्षको बाढी–पहिरोमा सबैभन्दा बढी बीमा दाबी भुक्तानी गरेको अनुभवका आधारमा यसपटक पनि दाबी फर्छ्यौटमा उच्च प्राथमिकता दिइएको छ। कम्पनीले यस किसिमका कठिन परिस्थितिमा पनि ग्राहकको भरोसा कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ०२ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व