काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि नगद लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चालु चुक्ता पूँजीको ७.३६८५ प्रतिशत करसहितको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरूमा वितरण गरिनेछ। बैंकका अधिकारीहरूले यो कदमले शेयरधनीमा प्रतिफल सुनिश्चित गर्न र वित्तीय स्थायित्व कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया