२०८२, ११ मंसिर बिहीबार

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो


काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा भएको छ। उक्त घटना हालसम्मकै गम्भीर बैंक लुटपाटमध्ये एक भएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले जानकारी दिएका छन्।

गभर्नर पौडेलले हालै एक पडकास्टमा सहभागी हुँदै उक्त लुटपाटको जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनको भीडको आडमा बैंकमा सुनियोजित ढंगले आक्रमण गरि करोडौं मूल्य बराबरको सम्पत्ति लुटिएको हो। उनले भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ।” नेपाल राष्ट्र बैंकका अनुसार घटनाबारे बैंकको सिसिटिभी फुटेजको सहायतामा अनुसन्धान अगाडि बढाइएको छ। सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने स्थानमा यस्तो लुटपाट हुनु गम्भीर चिन्ताको विषय भएको बताइएको छ ।

गभर्नर पौडेलका अनुसार, जेन जी आन्दोलनका क्रममा देशभरका ६८ वटा बैंक शाखामा आक्रमण भएको छ भने ६९ वटा एटिएम प्रभावित भएका छन्। यद्यपि, राष्ट्र बैंकले डिजिटल पेमेन्ट प्रणाली जोगाउन बैंकिङ क्षेत्रलाई तैनाथ राखेको र समग्र बैंकिङ प्रणाली भने कामै रहेको स्पष्ट पारेका छन् ।

गभर्नरले आफ्नो पडकास्टमा “३७३८ करोड रुपैयाँ बराबरको लुटपाट” भएको उल्लेख गरे पनि, सार्वजनिक रूपमा पुष्टि भएको लुटिएको सम्पत्ति भने ५ करोड नगद र १८ किलो सुन मात्र हो। यसले उक्त अंकको स्पष्टता र सन्दर्भबारे प्रश्न उठाएको छ।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ६ : ०८ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री