२०८३, ३१ बैशाख शुक्रबार

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो


काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा भएको छ। उक्त घटना हालसम्मकै गम्भीर बैंक लुटपाटमध्ये एक भएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले जानकारी दिएका छन्।

गभर्नर पौडेलले हालै एक पडकास्टमा सहभागी हुँदै उक्त लुटपाटको जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनको भीडको आडमा बैंकमा सुनियोजित ढंगले आक्रमण गरि करोडौं मूल्य बराबरको सम्पत्ति लुटिएको हो। उनले भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ।” नेपाल राष्ट्र बैंकका अनुसार घटनाबारे बैंकको सिसिटिभी फुटेजको सहायतामा अनुसन्धान अगाडि बढाइएको छ। सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने स्थानमा यस्तो लुटपाट हुनु गम्भीर चिन्ताको विषय भएको बताइएको छ ।

गभर्नर पौडेलका अनुसार, जेन जी आन्दोलनका क्रममा देशभरका ६८ वटा बैंक शाखामा आक्रमण भएको छ भने ६९ वटा एटिएम प्रभावित भएका छन्। यद्यपि, राष्ट्र बैंकले डिजिटल पेमेन्ट प्रणाली जोगाउन बैंकिङ क्षेत्रलाई तैनाथ राखेको र समग्र बैंकिङ प्रणाली भने कामै रहेको स्पष्ट पारेका छन् ।

गभर्नरले आफ्नो पडकास्टमा “३७३८ करोड रुपैयाँ बराबरको लुटपाट” भएको उल्लेख गरे पनि, सार्वजनिक रूपमा पुष्टि भएको लुटिएको सम्पत्ति भने ५ करोड नगद र १८ किलो सुन मात्र हो। यसले उक्त अंकको स्पष्टता र सन्दर्भबारे प्रश्न उठाएको छ।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ६ : ०८ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि