२०८२, २४ चैत्र बुधबार

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी


काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न स्थानमा वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतिर प्रवेश गरिरहेकाले वर्षाको गतिविधिमा वृद्धि भएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (भारत) आसपास अवस्थित रहँदा यसले नेपालमा समेत प्रभाव पारिरहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको समेत विभागले चेतावनी दिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्धजस्ता घटनाहरूको जोखिम बढ्न सक्ने भएकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

यात्रा गर्नेहरू, नदी आसपास बसोबास गर्नेहरू र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ७ : १० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि