२०८२, ११ मंसिर बिहीबार

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय


काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत महशुलको बक्यौता रकम असुल्ने निर्णय गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यसलाई आफ्नो पहिलो निर्णयको रूपमा घोषणा गरेका हुन्।

उनले भने, “आजको यस पदबहालीको पहिलो निर्णय डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो रकम असुल्ने निर्णय भएको छ।” घिसिङले यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि बक्यौता रकम असुल्ने प्रयास गरेका थिए, तर तत्कालीन सरकारले रोक लगाएको जानकारी दिए।

मन्त्री घिसिङले भ्रष्टाचार र अनियमितता विरुद्ध कडा कदम चाल्ने स्पष्ट चेतावनी दिएका छन्। उनले भने, “अब कसैले र कुनै पनि निकायले भ्रष्टाचार र अनियमितता गरेको भेटियो भने हामी कडा भन्दा कडा कारबाही गर्नेछौं। भ्रष्टाचार नियन्त्रण मेरो लागि जीवन मरणको विषय हो। यो ठूलो चुनौती लिएर म आएको छु।” उनको यो निर्णयले विद्युत क्षेत्रको सुधार र पारदर्शिता कायम गर्न सरकारको प्रतिबद्धता झल्काएको छ। आगामी दिनमा भ्रष्टाचार नियन्त्रणमा कडाइ गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : १२ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री