२०८३, २७ भाद्र आईतबार

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय


काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत महशुलको बक्यौता रकम असुल्ने निर्णय गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यसलाई आफ्नो पहिलो निर्णयको रूपमा घोषणा गरेका हुन्।

उनले भने, “आजको यस पदबहालीको पहिलो निर्णय डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो रकम असुल्ने निर्णय भएको छ।” घिसिङले यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि बक्यौता रकम असुल्ने प्रयास गरेका थिए, तर तत्कालीन सरकारले रोक लगाएको जानकारी दिए।

मन्त्री घिसिङले भ्रष्टाचार र अनियमितता विरुद्ध कडा कदम चाल्ने स्पष्ट चेतावनी दिएका छन्। उनले भने, “अब कसैले र कुनै पनि निकायले भ्रष्टाचार र अनियमितता गरेको भेटियो भने हामी कडा भन्दा कडा कारबाही गर्नेछौं। भ्रष्टाचार नियन्त्रण मेरो लागि जीवन मरणको विषय हो। यो ठूलो चुनौती लिएर म आएको छु।” उनको यो निर्णयले विद्युत क्षेत्रको सुधार र पारदर्शिता कायम गर्न सरकारको प्रतिबद्धता झल्काएको छ। आगामी दिनमा भ्रष्टाचार नियन्त्रणमा कडाइ गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : १२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।