२०८२, १३ फाल्गुन बुधबार

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा : फजुल खर्च रोक्न दृढ

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा : फजुल खर्च रोक्न दृढ

नयाँ शैलीको सुशासन र खर्च अनुशासन


काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै स्वकीय सचिवालय नराख्ने घोषणा गरेका छन्। उनले सरकारी खर्चमा मितव्ययिता अपनाउने प्रतिबद्धता जनाउँदै फजुल खर्च नियन्त्रणमा कडाइ गर्ने बताएका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यभार सम्हाले। पदभार ग्रहणको क्रममा मन्त्री खनालले भने, “मलाई छुट्टै सचिवालय आवश्यक छैन, एउटा सवारी चालक भए पुग्छ।”
उनको यो अभिव्यक्तिलाई सादा जीवनशैली र जिम्मेवार नेतृत्वको संकेतका रूपमा लिइएको छ।

पूर्वप्रशासकको रूपमा अनुभव बटुलेका खनालले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई गति दिने योजना सुनाए। “अबको कार्यशैलीले जनताले हिजोको तुलनामा स्पष्ट परिवर्तन महसुस गर्न सक्नेछन्,” उनले भने।

उनले योजना आयोग तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै पूर्वतयारी नभएका आयोजनाहरू नअगाडि बढाउने निर्णयमा दृढ रहने बताएका छन्। “तयारीबिना अघि बढाइएका योजनाले स्रोत खेर जाने मात्र होइन, कार्यान्वयनमा समेत समस्या आएकाले यस्ता अभ्यास अब दोहोरिन दिन्नौं,” मन्त्री खनालले स्पष्ट पारे।

उनको नेतृत्वमा अर्थ मन्त्रालयले नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा अनुशासन र पारदर्शिता कायम गर्ने अपेक्षा गरिएको छ। प्रशासनिक शुद्धता र व्यावसायिक दक्षताका पक्षधर खनालले विगतमा पनि विकास र खर्चका सवालमा कठोर निर्णय लिने गरेका थिए। अर्थमन्त्रीको रुपमा खनालको सुरुआती निर्णयले नयाँ शैलीको सुशासन र खर्च अनुशासन ल्याउने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : ०० बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको