२०८३, २८ श्रावण शुक्रबार

जेनजी आन्दोलन हिंसात्मक: देशभर ६८ वटा बैंक शाखामा आक्रमण, एटिएमहरूमा पनि क्षति

जेनजी आन्दोलन हिंसात्मक: देशभर ६८ वटा बैंक शाखामा आक्रमण, एटिएमहरूमा पनि क्षति


काठमाडौं । पछिल्लो समय देशभर फैलिएको जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा ६८ वटा बैंक शाखा कार्यालयहरूमा आक्रमण भएको छ भने ६९ वटा एटिएमहरूमा क्षति पुगेको छ । आन्दोलनको प्रभावले बैंक तथा वित्तीय संस्थाहरूमा असहज स्थिति सिर्जना भए पनि बैंकिङ प्रणाली सुरक्षित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलका अनुसार आन्दोलनको क्रममा केही बैंकहरूमा तोडफोड र क्षति भए पनि हालसम्म बैंकिङ सेवा अवरुद्ध भएको छैन। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर पौडेलले भने, “बैंकहरूमा आक्रमण भए पनि प्रणाली राम्रोसँग चलिरहेको छ। आन्दोलनकारीहरूले बैंकहरूलाई विशेष रूपमा लक्षित गरेको भने देखिँदैन।”

उनले अहिलेको परिस्थिति मनोबल घटेको अवस्था भएको उल्लेख गर्दै, “यस्तो अवस्थामा सबैको मनोबल बढाउन जरुरी छ,” भन्ने धारणा राखे। साथै, अनुभवी अर्थमन्त्री नियुक्त भएकोले आर्थिक व्यवस्थापन सहज हुने विश्वास पनि व्यक्त गरे।

जेनजी आन्दोलनको स्वरूप र मागहरूप्रति अझै स्पष्टता आइसकेको छैन तर युवा पुस्ताको असन्तुष्टि हिंसात्मक रूपमा प्रकट हुँदै जानु राजनीतिक र आर्थिक दुवै दृष्टिले चुनौतीपूर्ण संकेत हो। यद्यपि, राष्ट्र बैंकको विश्वस्त वक्तव्यले आम सर्वसाधारण र लगानीकर्तामा विश्वास कायम राख्ने प्रयास गरेको देखिन्छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ५ : २१ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व