२०८२, ३० भाद्र सोमबार

जेनजी आन्दोलन हिंसात्मक: देशभर ६८ वटा बैंक शाखामा आक्रमण, एटिएमहरूमा पनि क्षति

जेनजी आन्दोलन हिंसात्मक: देशभर ६८ वटा बैंक शाखामा आक्रमण, एटिएमहरूमा पनि क्षति


काठमाडौं । पछिल्लो समय देशभर फैलिएको जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा ६८ वटा बैंक शाखा कार्यालयहरूमा आक्रमण भएको छ भने ६९ वटा एटिएमहरूमा क्षति पुगेको छ । आन्दोलनको प्रभावले बैंक तथा वित्तीय संस्थाहरूमा असहज स्थिति सिर्जना भए पनि बैंकिङ प्रणाली सुरक्षित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलका अनुसार आन्दोलनको क्रममा केही बैंकहरूमा तोडफोड र क्षति भए पनि हालसम्म बैंकिङ सेवा अवरुद्ध भएको छैन। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर पौडेलले भने, “बैंकहरूमा आक्रमण भए पनि प्रणाली राम्रोसँग चलिरहेको छ। आन्दोलनकारीहरूले बैंकहरूलाई विशेष रूपमा लक्षित गरेको भने देखिँदैन।”

उनले अहिलेको परिस्थिति मनोबल घटेको अवस्था भएको उल्लेख गर्दै, “यस्तो अवस्थामा सबैको मनोबल बढाउन जरुरी छ,” भन्ने धारणा राखे। साथै, अनुभवी अर्थमन्त्री नियुक्त भएकोले आर्थिक व्यवस्थापन सहज हुने विश्वास पनि व्यक्त गरे।

जेनजी आन्दोलनको स्वरूप र मागहरूप्रति अझै स्पष्टता आइसकेको छैन तर युवा पुस्ताको असन्तुष्टि हिंसात्मक रूपमा प्रकट हुँदै जानु राजनीतिक र आर्थिक दुवै दृष्टिले चुनौतीपूर्ण संकेत हो। यद्यपि, राष्ट्र बैंकको विश्वस्त वक्तव्यले आम सर्वसाधारण र लगानीकर्तामा विश्वास कायम राख्ने प्रयास गरेको देखिन्छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ५ : २१ बजे

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत

राष्ट्रिय शोक मनाइने, मृतकका परिवारलाई राहत : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले हालैका प्रदर्शनहरूमा ज्यान

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा : फजुल खर्च रोक्न दृढ

काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै स्वकीय सचिवालय