काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई भदौ ३० गतेभित्र आवेदन दिन आह्वान गरेको छ ।लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ४ करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख, र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिनेछ ।
सहभागी संस्थाको निष्क्रिय कर्जा सापटी ८% भन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात ३% भन्दा कम हुनुपर्नेछ ।
प्रतिक्रिया