२०८२, १४ पुस सोमबार

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै


काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा आगजनी गरिएको छ । प्रदर्शनकारीले अदालतका आधिकारिक कागजातहरू सडकमा फालेर जलाएका छन् भने अदालत परिसरमा रहेका सवारी साधनमा समेत आगो लगाएका छन् ।

सुरक्षा निकायका अनुसार अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सामान्य बल प्रयोग गरेर पछि धकेलिएको र त्यसपछि आगजनी गरिएको हो । क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि प्रारम्भिक रिपोर्ट अनुसार महत्वपूर्ण कागजातहरू जलेका छन् । यसअघि सिंहदरबार परिसरमा भएको आगजनीपछि सर्वोच्च अदालतमा पनि तोडफोड र आगजनी भएको थियो । राजधानीको मुख्य प्रशासनिक केन्द्रहरू एकपछि अर्को गर्दै आन्दोलनकारीको निशानामा परिरहेका छन् ।

प्रदर्शनमा सहभागीहरू अधिकांश जेनजी पुस्ताका युवाहरू रहेको बताइएको छ, जसले विगत केही हप्तादेखि राजनीतिक नेतृत्वको भ्रष्टाचार, न्यायमा ढिलाइ, बेरोजगारी र महँगी विरुद्ध सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।

आज बिहानैदेखि प्रदर्शनकारीहरू विभिन्न राजनीतिक नेताका निवास, प्रहरी कार्यालय, संसद् भवन लगायतका स्थानमा आक्रमक ढंगले प्रस्तुत भएका थिए। केही स्थानमा झडप, अश्रुग्यास र रबरको गोलीसमेत प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ३ : ४३ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी