२०८२, ११ मंसिर बिहीबार

गोंगबुमा ठुलो परिमाणको अवैध सम्पत्ति फेला : सवा ४ करोड नगद र ९ किलो सुन बरामद

गोंगबुमा ठुलो परिमाणको अवैध सम्पत्ति फेला : सवा ४ करोड नगद र ९ किलो सुन बरामद


काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक निजी निवासमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दा झण्डै सवा चार करोड रुपैयाँ नगद र ठुलो परिमाणमा सुनचाँदी बरामद गरेको छ ।

मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गोंगबुस्थित ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरमा छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद र ९ किलोभन्दा बढी सुन बरामद गरिएको छ। साथै ३ किलोभन्दा बढी चाँदीका गरगहना पनि फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले ठूलो रकम मिटरब्याजमा लगानी गर्दै आएका थिए भने सुनलाई धितोका रूपमा राखेर पैसा दिने काममा संलग्न थिए। बरामद भएको सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

विनोदकुमार श्रेष्ठको घरमा अत्यधिक मात्रामा नगद फेला परेपछि प्रहरीलाई रकम गन्न समस्या भएको थियो। त्यसपछि बैंकबाट नोट गन्ने मेसिन मगाएर रकम गणना गरिएको हो ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार  ९ : ३३ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री