२०८३, ७ कार्तिक शनिबार

कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् स् सांसद नागिना यादवको माग

कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् स् सांसद नागिना यादवको माग


काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको कारबाहीलाई अमानवीय र अत्याचारी भन्दै तत्काल रोक्न माग गरेकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले अदालतको आदेशविपरीत कवाड व्यवसायीहरूमाथि बल प्रयोग गरिएको भन्दै काठमाडौं महानगरपालिकाको कार्यशैलीप्रति कडा आपत्ति जनाइन्।

“यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,” उनले भनिन्, “तर काठमाडौं महानगरले कवाडीहरूमाथि जुन व्यवहार गरिरहेको छ, त्यो अपमानजनक र अमानवीय छ।”

सांसद यादवका अनुसार केही दिनयता महानगरपालिकाको एकपक्षीय कारबाहीका विरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकार भने मौन बसेको छ। “सोमबारदेखि व्यवसायीहरू सडकमा छन्, तर सरकारले वार्ताको पहल समेत गरेको छैन, जुन निकै दुःखद् विषय हो,” उनले भनिन्।

यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सुन्न सरकारसँग आग्रह गर्दै उत्पन्न विवाद समाधानका लागि वार्ताको प्रक्रिया तत्काल थाल्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले महानगरको कारबाहीबाट पीडित भएका व्यवसायीहरूको धनजनको क्षति र उत्पीडनबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरिन्।

“सफाइ र व्यवस्थापनका नाममा गरिब, श्रमिक वर्गमाथि अत्याचार गर्न पाइँदैन। राज्यले उनीहरूको पनि सम्मान र जीविकोपार्जनको अधिकार सुनिश्चित गर्नुपर्छ,” सांसद यादवले जोड दिइन्।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ३ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना