२०८२, २० चैत्र शनिबार

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण


तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन गरिएको पहिलो महिला समूह “कोम्हेंदो कृषक महिला समूह” लाई हिउँदे तरकारी बालीको बीउ वितरण गरिएको छ ।

हिमालयन लिकी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित महिला सशक्तीकरण कार्यक्रममार्फत सो समूहका महिलाहरूलाई बीउ वितरण गरिएको हो। कार्यक्रममा समूह सदस्य महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक उपार्जनमा जोड दिइएको छ । फाउन्डेसनले हालसम्म २४ वटा महिला समूह गठन गरी करिब ५३० जना महिलालाई सशक्तीकरण कार्यक्रममा सहभागी गराएको छ। कार्यक्रम अन्तर्गत विशेषगरी बर्षे र हिउँदे बाली उत्पादनका लागि बीउ वितरण गरिएको छ। साथै, क्षमता अभिवृद्धि तालिम, संस्थागत विकास तालिम लगायतका विभिन्न सीपमूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।

स्थानीयस्तरमै आर्थिक आत्मनिर्भरता र महिला सशक्तीकरणलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको आयोजक पक्षले जनाएको छ। महिला सदस्यहरूले कृषि उत्पादनमा आधारित कार्यक्रमबाट आफूहरूमा आत्मविश्वास र आर्थिक क्रियाशीलता बढेको अनुभव सुनाएका छन् ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ११ : ५३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।