२०८३, १३ कार्तिक शुक्रबार

रास्वपा बर्खाको खहरेजस्तै, सुक्छ र हराउँछ : अर्थमन्त्री पौडेलको कडा टिप्पणी

रास्वपा बर्खाको खहरेजस्तै, सुक्छ र हराउँछ : अर्थमन्त्री पौडेलको कडा टिप्पणी


पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘बर्खाको खहरे जस्तै हो, सुकेर जान्छ’ भनी कडा आलोचना गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले रास्वपाको राजनीतिक अस्तित्व मेटिने अवस्थामा पुगेको स्पष्ट पार्नुभयो । पौडेलले प्रतिगामी र देशविरोधी तत्वहरू अहिले पूर्ण रूपमा किनारामा पुगिसकेको र उनीहरूको भविष्य समाप्त भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “प्रतिगामी एजेन्डा बोकेका अब कहिल्यै उठ्ने छैनन्। समय र शक्ति बेकारमा खेर फालिरहेका छन् ।”

उहाँले थपे, एमाले र काँग्रेस मात्रै देश र जनताको हितमा काम गर्ने वास्तविक पार्टीहरू हुन् र अहिलेको सरकार स्थिर रहेको बताउँदै “यो सरकार कहिल्यै ढल्दैन, जसले देशलाई अस्थिर पार्न खोज्छन् उनीहरू नाकाम हुनेछन्” भने । माओवादीहरूले देशलाई अस्थिर पार्ने सबै प्रयासहरू विफल भएको र दुई ठूला दलले निर्माण गरेको सरकारले अस्थिरता अन्त्य गरेको पौडेलको भनाइ छ। राजनीतिक दृष्टिकोण र स्पष्ट एजेन्डा नभएका पार्टीहरूले मात्र अस्थिरता फैलाउन खोजिरहेको उहाँले कडा रूपमा आलोचना गर्नुभयो ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ५ : ०६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित