२०८२, ११ मंसिर बिहीबार

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण


एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ ।

सेल्फ–सर्भिस किओस्क र ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू अपनाइएका कारण पूर्वी चीनको झेजियाङ प्रान्तबाट यात्रा गर्न उल्लेखनीय रूपमा सरल भएको छ । हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलको सीमा निरीक्षण क्षेत्रमा, मानवरूपी रोबोटहरू टर्मिनलमा घुम्ने गरेका छन् । ‘हामी रोबोटहरूको क्षमतालाई निरन्तर स्तरोन्नति गर्नेछौं । ताकि तिनीहरूले विभिन्न जटिल निरीक्षणहरू ह्यान्डल गर्न सकून् र आपतकालीन अवस्थामा सहजीकरण गर्न सकुन,’ हाङझाउ सीमा निरीक्षणका अफिसर वु लियाङले भने ।

जनवरीमा, विशेष सेल्फ सर्भ किओस्कहरू सुरु गरिएको थियो । जसले यात्रुहरूलाई क्यूआर कोड स्क्यान गरेर आवश्यक कागजातहरू भर्न अनुमति दिन्छ । जसलाई विदेशी प्रवेश कार्ड भनिन्छ। सात भाषाहरूलाई समर्थन गर्ने यस्तो प्रविधि हालसम्म ८६,००० भन्दा बढी यात्रुहरूले प्रयोग गरिसकेका छन्। ‘२०२५ को पहिलो छ महिनामा, हामीले २५ लाख ५० हजार भन्दा बढी सीमा पार गरायौं । जुन वार्षिक रूपमा १२.३ प्रतिशतले वृद्धि हो,’प्रहरी अधिकारी लिउ जियानीले भने ।

चीनको भिसामुक्त यात्रा कार्यक्रमका कारण वर्षको पहिलो दुई त्रैमासिकमा चीनको आन्तरिक विदेशी पर्यटन स्थिर देखिएको छ । (सीसीटीभप्लस)

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ७ : ०४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री