२०८३, २६ भाद्र शनिबार

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण


एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ ।

सेल्फ–सर्भिस किओस्क र ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू अपनाइएका कारण पूर्वी चीनको झेजियाङ प्रान्तबाट यात्रा गर्न उल्लेखनीय रूपमा सरल भएको छ । हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलको सीमा निरीक्षण क्षेत्रमा, मानवरूपी रोबोटहरू टर्मिनलमा घुम्ने गरेका छन् । ‘हामी रोबोटहरूको क्षमतालाई निरन्तर स्तरोन्नति गर्नेछौं । ताकि तिनीहरूले विभिन्न जटिल निरीक्षणहरू ह्यान्डल गर्न सकून् र आपतकालीन अवस्थामा सहजीकरण गर्न सकुन,’ हाङझाउ सीमा निरीक्षणका अफिसर वु लियाङले भने ।

जनवरीमा, विशेष सेल्फ सर्भ किओस्कहरू सुरु गरिएको थियो । जसले यात्रुहरूलाई क्यूआर कोड स्क्यान गरेर आवश्यक कागजातहरू भर्न अनुमति दिन्छ । जसलाई विदेशी प्रवेश कार्ड भनिन्छ। सात भाषाहरूलाई समर्थन गर्ने यस्तो प्रविधि हालसम्म ८६,००० भन्दा बढी यात्रुहरूले प्रयोग गरिसकेका छन्। ‘२०२५ को पहिलो छ महिनामा, हामीले २५ लाख ५० हजार भन्दा बढी सीमा पार गरायौं । जुन वार्षिक रूपमा १२.३ प्रतिशतले वृद्धि हो,’प्रहरी अधिकारी लिउ जियानीले भने ।

चीनको भिसामुक्त यात्रा कार्यक्रमका कारण वर्षको पहिलो दुई त्रैमासिकमा चीनको आन्तरिक विदेशी पर्यटन स्थिर देखिएको छ । (सीसीटीभप्लस)

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ७ : ०४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।