२०८३, ७ कार्तिक शनिबार

पार्टी निर्णय सबैले मान्नैपर्छ : अध्यक्ष जैशी

पार्टी निर्णय सबैले मान्नैपर्छ : अध्यक्ष जैशी


धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीभित्र अनुशासन, निष्ठा र सामूहिक निर्णयको सम्मान अनिवार्य रहेको बताएका छन्। शुक्रबार सुदुरपश्चिम प्रदेश समितिको प्रशिक्षण तथा बैठक लाइ सम्बोधन गर्दै अध्यक्ष जैशीले पार्टीको निर्णय प्रत्येक नेता र कार्यकर्ताले निर्विकल्प रूपमा मान्नैपर्ने बताए।

उनले यसलाई लेनिनवादी सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्म भएको उल्लेख गरेका छन्। “प्रत्येक नेता कार्यकर्ताले पार्टीको निर्णय कार्यान्वयन गर्न, मूल्य मान्यता बोक्न र स्थापित गर्न तयार हुनु पर्छ,” उनले भने। अध्यक्ष जैशीले पछिल्लो समय केही नेताहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै हल्ला र प्रचारबाजीको पछि लाग्ने प्रवृत्तिलाई आलोचना गरे। यस्तो प्रवृत्तिलाई उनले नैतिक र सिद्धान्तविहीन चरित्रको रूपमा व्याख्या गरेका छन्।

उनले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति पनि कटाक्ष गरे। रास्वपाले हस्ताक्षरका नाममा कमाइ धन्दा चलाएको आरोप लगाउँदै यस्तो लुट नीति, विचारविपरीत कार्यशैली र मनोमानी संस्कार नेकपा एमालेमा नभएको र हुन नहुने** बताए। “रास्वपा जस्तो हस्ताक्षरका नाममा कमाउ धन्दा चलाउने लुट नीति र सिद्वान्त, विचार र निर्णय विपरित मनोमानीको छुट नीति नेकपा एमालेमा छैन्, हुनु हुदैन्,” उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  १ : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना