२०८३, २६ आश्विन मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।

ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।

यस निर्णयप्रति भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’ साथै भारतले ऊर्जा सुरक्षाका लागि बजारको अवस्था अनुसार तेल आयात गरिने स्पष्ट पार्दै, उक्त अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ ।

भारतले थप भनेको छ, ‘यस्तै आयात नीति अन्य धेरै देशहरूले पनि अपनाएका छन्, तर अमेरिका केवल भारतलाई निशाना बनाउँदैछ । हामी फेरि दोहोर्याउँछौं कि यस्तो कदम अनुचित छ र भारत आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछ ।’ अमेरिकाको निर्णय सार्वजनिक भएपछि भारतीय राजनीतिमा पनि प्रतिक्रियाहरू देखिएका छन् ।

कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै एक्स (पूर्व ट्विटर) मा लेखेको छ, ‘मोदीका मित्र ट्रम्पले भारतमाथि ५०प्रतिशत ट्यारिफ लगाए । ट्रम्प लगातार भारतविरुद्ध कदम चालिरहेका छन्, तर मोदी मौन छन् । प्रधानमन्त्री मोदी, हिम्मत गर्नुहोस् र ट्रम्पलाई जवाफ दिनुहोस् ।’

त्यस्तै, कांग्रेस नेता राहुल गान्धीले ट्रम्पको निर्णयलाई ‘आर्थिक ब्ल्याकमेल’ को संज्ञा दिँदै लेखेका छन्, ‘५०प्रतिशत ट्यारिफ भारतलाई अनुचित व्यापार सम्झौताका लागि धम्क्याउने प्रयास हो  । प्रधानमन्त्रीले आफ्नो कमजोरीलाई जनताको हितभन्दा अगाडि राख्नु हुँदैन ।’

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ९ : ०७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल