२०८३, २६ आश्विन मंगलबार

अन्तर्राष्ट्रिय अवार्डले सम्मानित, डिजिटल बैंकिङमा नेपाल एसबीआई बैंकको चमक

अन्तर्राष्ट्रिय अवार्डले सम्मानित, डिजिटल बैंकिङमा नेपाल एसबीआई बैंकको चमक


काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले डिजिटल नवप्रवर्तन र उत्कृष्ट सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै दुई अन्तर्राष्ट्रिय संस्थाबाट बहुप्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ।

ब्रिटेनस्थित क्यापिटल फाइनान्स इन्टरनेशनल (CFI) ले बैंकलाई ‘Champion in Modern Banking Innovation -Nepal 2025’ उपाधिबाट सम्मान गरेको छ । यस अवार्डले डिजिटल एकीकरण, ग्राहक–केन्द्रित सेवा तथा नवीन बैंकिङ प्रणालीमा बैंकको नेतृत्वदायी भूमिकालाई मान्यता दिएको हो । त्यसैगरी, सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्स (ABF) द्वारा बैंकलाई विभिन्न चार विधामा सम्मान गरिएको छ। ती अवार्डहरू निम्नानुसार छन्:

  • Nepal Domestic Digital Transformation Bank of the Year
  • Nepal Domestic Technology and Operation Bank of the Year (Wholesale Banking श्रेणी अन्तर्गत)
  • Digital Business Banking Initiative of the Year – Nepal
  • SME Bank of the Year – Nepal (Retail Banking श्रेणी अन्तर्गत)

यी पुरस्कारहरूले नेपालको बैंकिङ क्षेत्रमा डिजिटल रूपान्तरण, प्रविधिमैत्री सेवा तथा नवप्रवर्तनमा एसबीआई बैंकले पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गरेका छन्। नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल देशभर फैलिएका १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० शाखारहित बैंकिङ सेवा केन्द्र, १२५ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ।

“ग्राहकलाई सहज, सुरक्षित र डिजिटल पहुँचयुक्त सेवा प्रदान गर्ने हाम्रो दीर्घकालीन उद्देश्य यस्ता अन्तर्राष्ट्रिय मान्यताबाट झन सशक्त बनेको छ,” बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रविधिमा आधारित बैंकिङ सेवा तथा वित्तीय समावेशीतालाई केन्द्रमा राख्दै, नेपाल एसबीआई बैंकले आगामी दिनमा पनि डिजिटल वित्तीय सेवाको नेतृत्व गर्ने अठोट व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  १ : ३० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल