२०८३, ३० असार बुधबार

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २४ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३७

रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो ४० रुपैयाँ र मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ४५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो १० रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो  ४५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो १५ रुपैयाँ, घिरौला प्रतिकिलो २० रुपैयाँ, झिगुनी प्रतिकिलो ४० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, भिण्डी प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ, रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ४५ रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो  २०० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १५० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो  ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १७० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १७५ रुपैयाँ, आँप (चोसा) १४० रुपैयाँ, मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो  २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा  १४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १० रुपैयाँ, रुखकटहर प्रति गोटा ४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ४० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो  २२० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ११ : ४४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै