काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँदैछन् ।आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक हुँदैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् ।






प्रतिक्रिया