२०८२, २४ फाल्गुन सोमबार

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन


काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

विद्यालयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्ति परादर्शी र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेका हुन् ।

 विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग नेविसघंको माग रहेको छ । सोमबार विहानदेखि उपत्यका भित्रका क्याम्पसहरु अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ । विद्यार्थीहरुले बानेश्वर क्याम्पस, नेपाल कमर्श क्याम्पस,कोटेश्वर क्याम्पस, पुल्चोक क्याम्पसलगायतका क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग समेत राखेका छन् ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  ३ : ४७ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने