२०८२, १४ कार्तिक बिहीबार

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्तिहरू पनि गएका भन्ने सार्वजनिक आरोपपछि सरकारले औपचारिक छानबिन प्रक्रिया थालेको छ। गृहमन्त्री रमेश लेखकले गम्भीर ढंगले छानबिन गर्न सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक अन्य को–को, कुन प्रक्रियामार्फत र कुन संस्था मार्फत स्पेन पुगे भन्नेबारे छानबिन गर्न निर्देशन दिँदै भने, “जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो? कुन निकाय संलग्न थियो? भन्नेबारे गहिरो अनुसन्धान हुनेछ ।”

छानबिन कार्यका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई परिचालन गरिने भएको छ। मन्त्री लेखकले दोषी पाइएको अवस्थामा कसैलाई नछाडिने स्पष्ट पार्दै भने, “यस विषयमा दोषी देखिएकाहरूलाई कानुनी कारबाही गरिनेछ ।”

प्रधानमन्त्री ओली असार १४ गते स्पेनको भ्रमणमा गएका थिए। त्यसपछि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सरकारी टोलीसँगै गैर–सरकारी व्यक्तिहरू समेत भिजिट भिसामा स्पेन गएका हुन् कि भन्ने आशंका सार्वजनिक भएको थियो ।

यस प्रकरणले डिप्लोमेटिक भ्रमणको पारदर्शिता, भिसा प्रक्रिया र सम्भावित मानव तस्करी सम्बन्धी बहसलाई फेरि एकपटक चर्काएको छ। गृहमन्त्रालयको यो छानबिनले भ्रमणसँग जोडिएका यथार्थ तथ्यहरू उजागर हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  २ : ३४ बजे

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिकोत्सव: उत्कृष्ट सेवा र मजबुत वृद्धि

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज आफ्नो २१औँ वार्षिकोत्सव भव्यताका

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भैरवा। नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीका कारण उद्योगहरूले श्रमिकहरूलाई

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ।