२०८२, ६ माघ मंगलबार

सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’

सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन् ।

बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’ उनले प्रधानमन्त्रीकै भनाइ उद्धृत गर्दै भने, ‘दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, हामी भ्रष्टाचार गर्दैनौं -यो प्रधानमन्त्री ज्यूको भनाइ हो । तर अहिलेको व्यवहार त्यस्तो देखिँदैन ।’

पौडेलले लोकतन्त्र, सुशासन, र नैतिकताको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाए । भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ ? लोकतन्त्रको इमानदार शासन प्रणाली कहाँ छ ? नैतिक मानव, मूल्य र मान्यताको प्रतिबद्धता कहाँ छ ? भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे । उनले सत्ता नजिक भएकालाई जस्तोसुकै कार्य गर्न छुट दिनु गलत भएको बताए । ‘जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छे भएपछि जस्तो गरे पनि हुने – यही हो लोकतन्त्र ?’ ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  २ : १४ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित