२०८२, १६ पुस बुधबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः”


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्र नभई मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको स्पष्ट पारेकी छन् ।

शनिबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘जर्नल विमोचन तथा विमर्श कार्यक्रम’मा सम्बोधन गर्दै उनले जबजलाई नेपाली समाजको समृद्धिको दिशानिर्देशकको रूपमा व्याख्या गरिन् ।

एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीले भनिन्, “जबज केवल एउटा राजनीतिक सिद्धान्त होइन। यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन दिने दार्शनिक चिन्तन हो ।”उनले वैदिक संस्कृतिमा रहेको “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” भन्ने मन्त्र उद्धृत गर्दै जबजको भावनासँग यसको समानता रहेको उल्लेख गरिन्। “सबै मान्छे सुखी र निरोगी होऊन्, सबैले शुभ देखून् र कसैलाई पनि दुःख नहोस् भन्ने भावना जबजको मुलमर्म हो,” भण्डारीले भनिन् ।

भण्डारीले वर्गीय शोषणको अन्त्य गर्दै सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्नुपर्ने आजको आवश्यकता भएको बताइन्। उनले भनिन्, “जबजले हाम्रो राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान लक्ष्य अघि सारेको छ। नेकपा एमाले पनि यही लक्ष्यप्रति समर्पित भएर लागिरहेको छ ।” पूर्वराष्ट्रपति भण्डारीको यो अभिव्यक्तिले उनी अब पुनः पार्टी राजनीतिमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ५ : ०९ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो