२०८२, २० मंसिर शनिबार

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक दलको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू — तुलनात्मक अध्ययन’ पुस्तक विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको धारणा राखेका हुन् । उनले भने, ‘विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट हो । यो व्यवस्थाको मेरुदण्ड भनेकै राजनीतिक दल हुन् । दलहरूले व्यवस्था सुदृढ गर्ने, जनताले महसुस गर्न सक्ने सेवा र डेलिभरी दिन सक्ने, र मानव जातिलाई प्रगतिको दिशामा लाने माध्यमको रूपमा काम गर्ने गर्छन् ।’

यसैगरी घिमिरेले संसद र राजनीतिक दलबीचको सम्बन्धलाई स्पष्ट पार्दै राजनीतिक दलहरू संसदमार्फत नीति निर्माणमा सक्रिय रहनुपर्ने बताए । उनले भने, ‘संसदमार्फत राजनीतिक दलले नीति निर्माणमा भूमिका खेल्ने गर्छन् । चाहे शासन प्रणाली पूँजीवादी होस् वा समाजवादी, संसदले सरकार गठन, कार्यकारी भूमिकाको निगरानी तथा न्याय प्रदान गर्ने संरचना जस्ता महत्वपूर्ण जिम्मेवारीहरू वहन गर्छ ।’

घिमिरेले संसदलाई लोकतान्त्रिक शासनको मूल आधारका रूपमा व्याख्या गर्दै राजनीतिक दलहरूले त्यसलाई मजबुत बनाउन निर्णायक भूमिका खेल्ने धारणा राखे ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ४ : २१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको