२०८२, २४ फाल्गुन सोमबार

विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक झलनाथ खनाल

विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष बन्न लाग्नु सकारात्मक कुरा भएको बताएका छन् ।

चीन भ्रमण सकेर आज ९शनिबार० स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले वामपन्थी एकताको उद्देश्य लिएर एमालेको नेतृत्वमा फर्किन लागेको हो भने त्यो राम्रो कुरा भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘यदि विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’ केही दिनअघि मात्र टीभी अन्तर्वार्तामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अध्यक्ष बन्नकै लागि एमालेको राजनीतिमा फर्किएको बताएकी थिइन् । यो विषयमा एमाले नेता–कार्यकर्ता विभाजन भएका छन् र सामाजिक सञ्जालमा तर्क–वितर्क गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ४ : १५ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने