२०८२, १९ मंसिर शुक्रबार

विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक झलनाथ खनाल

विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष बन्न लाग्नु सकारात्मक कुरा भएको बताएका छन् ।

चीन भ्रमण सकेर आज ९शनिबार० स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले वामपन्थी एकताको उद्देश्य लिएर एमालेको नेतृत्वमा फर्किन लागेको हो भने त्यो राम्रो कुरा भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘यदि विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’ केही दिनअघि मात्र टीभी अन्तर्वार्तामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अध्यक्ष बन्नकै लागि एमालेको राजनीतिमा फर्किएको बताएकी थिइन् । यो विषयमा एमाले नेता–कार्यकर्ता विभाजन भएका छन् र सामाजिक सञ्जालमा तर्क–वितर्क गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ४ : १५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको