२०८२, २४ फाल्गुन सोमबार

युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : ओली

युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : ओली


ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन् । शुक्रबार महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ,’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ । तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरुको सङ्ख्या छात्रहरुको भन्दा बढी छ । नतिजामा पनि छात्राहरुको राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ ।’

प्रकाशित मिति : २०८२, २७ असार शुक्रबार  २ : ०४ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने