२०८२, ५ कार्तिक मंगलबार

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किए पनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको बताएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैर बैंकिङ सम्पति बढ्दा पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको बताएका हुन् ।

उनका अनुसार ऋणीहरु कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ । उनले भने, ‘अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किएपनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको छ । यसबाट पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको छ । ऋणीहरु कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ ।’

त्यस्तै गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी गरेको पनि उनले जानकारी गराए । कम्पनी स्थापनाका लागि अब कानूनी संरचना तयार गर्ने प्रक्रिया अगाडि बढाइने उनले बताए ।

‘गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी राष्ट्र बैंकले गरेको छ । अब कानूनी संरचना तयार गरी प्रक्रिया अगाडि बढाइने छ ।’ उनले भने .

प्रकाशित मिति : २०८२, २७ असार शुक्रबार  २ : ०० बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,