२०८२, २५ श्रावण आईतबार

सूचना प्रविधिको विकासले कतिपय राम्रा सांस्कृतिक मूल्य मान्यताहरु भत्काएको छ : भानुभक्त ढकाल

सूचना प्रविधिको विकासले कतिपय राम्रा सांस्कृतिक मूल्य मान्यताहरु भत्काएको छ : भानुभक्त ढकाल



काठमाडौं ।
नेकपा (एमाले) का स्थायी कमिटिी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पछिल्लो समय सूचना प्रविधिको तीव्र विकासले नेपाली समाजका कतिपय गहिरा मूल्य, मान्यता, संस्कार र संस्कृतिमा गम्भीर असर परेको टिप्पणी गर्नुभएको छ ।

बिहिबार नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सांस्कृतिक र पारिवारिक परम्पराहरू भत्किँदै गइरहेको उल्लेख गर्नु भएको हो । उहाँले भन्नु भयो “समाजमा तीव्र प्रविधि विकाससँगै हाम्रो मौलिकता, अनुशासन र गुरु–चेला सम्बन्धमा आएको विचलन चिन्ताजनक छ,” उहाँले थप्नु भयो यस्ता मूल्य मान्यताहरूको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको छ ।

उहाँले पूर्वीय दर्शनमा गुरु र चेलाको सम्बन्धलाई अनुशासन, श्रद्धा र ज्ञानको माध्यमका रूपमा चित्रण गरिएको उल् लेख गर्दै वर्तमान पुस्तामा तिनको कमी देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “नेताको भाषणभन्दा सामाजिक जागरणको गीतले जनमानसमा प्रभाव पार्न सक्छ,” सामाजिक रूपान्तरणमा कला, साहित्य र संस्कृतिको भूमिकालाई विशेष महत्व दिनुभयो । उहाँले भन्नु भयो ‘कम्युनिष्ट आन्दोलन नेपालमा स्थापित गर्न यिनै सांस्कृतिक माध्यमहरू प्रभावशाली अस्त्र बनेका थिए ।’
उहाँले महिलाहरुलाई नेतृत्व तहमा लैजान नेकपा (एमाले) को प्रयास सकारात्मक भएको र यसमा महिलाहरु आफै पनि अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सभ्य समाज अनुशासनमा आधारित हुने उल्लेख गर्दै अनियन्त्रित स्वतन्त्रता अराजकतातर्फ उन्मुख हुने चेतावनी दिनुभयो । “गुरु–चेला परम्परा नेपाली समाजको अमूल्य धरोहर हो, तर पछिल्लो समय यसप्रति विश्वास घटेको देखिन्छ,” उहाँले गुरु बन्न पनि आदर्श विशेषताहरू आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले मूल्य, नैतिकता र व्यवहारको जगमा उभिएको परम्परागत शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार समाजमा अग्रजको अनुभव ग्रहण गर्ने संस्कारको पुनजागरणले नै भावी पुस्तामा ज्ञान र अनुशासनको प्रवाह सम्भव हुन्छ ।

कार्यक्रममा जनसांस्कृतिक महासंघकी अध्यक्ष भूमिका सुब्बा लिम्बूले महिला विभागद्वारा आयोजित यस कार्यक्रममा पुरानो परम्परालाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ संगीतकार श्रीराम आचार्यलाई सम्मान गरेर सांगीतिक क्षेत्रप्रतिको योगदानको कदर गरिएको थियो । त्यस्तै, चित्रकलामा उत्कृष्ट पाँच जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सवनम मुख्यिद्वारा निर्माण गरिएको सामाजिक सन्देशमूलक डकुमेन्ट्री ‘डियर अफ फियर (डरको आँशु)’ पनि प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : २०८२, २६ असार बिहीबार  ५ : ४९ बजे

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकाल्ने प्रकरणमा काभ्रे पक्राउ बनेपाका राम शाही

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पूर्व निर्धारित वैठकहरु अचानक पछि

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए