२०८३, २६ आश्विन मंगलबार

आज देखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन

आज देखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन


काठमाडौं । आज देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेको छ ।

गत जेठ १५ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन १३ गते निर्धारण गरिएको छ ।

शेयरधनीहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, महेन्द्रनगर र बुटवल नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १२ : १५ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल