२०८२, ५ कार्तिक मंगलबार

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मोनेटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारे ।

‘हामीसँग धेरै सम्भावना छन्, तर तीलाई व्यवहारमा उतार्न नसक्दा अर्थतन्त्र अघि बढ्न सकेको छैन,’ गभर्नर पौडेलले भने,‘कतिपय राम्रो नीति ल्याउने प्रयास हुँदा पनि दीगो विकासका लागि आवश्यक आर्थिक पूर्वाधार कमजोर भएका कारण कठिनाइ आएको छ ।’ उनले देश कसरी अघि बढाउने भन्ने सवालमा मोनेटरी नीति मात्रै होइन, भौतिक नीतिहरूको समेत महत्वपूर्ण भूमिका हुने धारणा राखे । ‘सबै कुरा मोनेटरी पोलिसीले मात्रै गर्ने भन्ने होइन, भौतिक नीति पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन जरुरी छ ।’ उनले भने गभर्नर पौडेलले सामाजिक समावेशिता र समानतामूलक समाज निर्माण गर्ने सरकारको चाहना रहेको बताउँदै अहिलेको अवस्था त्यस दिशातर्फ अग्रसर छ कि छैन भन्ने मूल्यांकन भइरहेको जानकारी दिए ।

‘भौतिक नीतिले देखाएको बाटोमा मोनेटरी नीतिले पनि सँगै काम गरिरहेको हुन्छ’ उनले भने, ‘पछि गएर आपसी समर्थनको अभाव नहोस् भन्ने हिसाबले दुवै नीतिले तालमेल गर्नु आवश्यक छ ।’ उनका अनुसार नीति निर्माणका क्रममा दीर्घकालीन विकास, सामाजिक न्याय, र समावेशीकरणका पक्षलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  १२ : ०१ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,