२०८३, २६ आश्विन मंगलबार

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मोनेटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारे ।

‘हामीसँग धेरै सम्भावना छन्, तर तीलाई व्यवहारमा उतार्न नसक्दा अर्थतन्त्र अघि बढ्न सकेको छैन,’ गभर्नर पौडेलले भने,‘कतिपय राम्रो नीति ल्याउने प्रयास हुँदा पनि दीगो विकासका लागि आवश्यक आर्थिक पूर्वाधार कमजोर भएका कारण कठिनाइ आएको छ ।’ उनले देश कसरी अघि बढाउने भन्ने सवालमा मोनेटरी नीति मात्रै होइन, भौतिक नीतिहरूको समेत महत्वपूर्ण भूमिका हुने धारणा राखे । ‘सबै कुरा मोनेटरी पोलिसीले मात्रै गर्ने भन्ने होइन, भौतिक नीति पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन जरुरी छ ।’ उनले भने गभर्नर पौडेलले सामाजिक समावेशिता र समानतामूलक समाज निर्माण गर्ने सरकारको चाहना रहेको बताउँदै अहिलेको अवस्था त्यस दिशातर्फ अग्रसर छ कि छैन भन्ने मूल्यांकन भइरहेको जानकारी दिए ।

‘भौतिक नीतिले देखाएको बाटोमा मोनेटरी नीतिले पनि सँगै काम गरिरहेको हुन्छ’ उनले भने, ‘पछि गएर आपसी समर्थनको अभाव नहोस् भन्ने हिसाबले दुवै नीतिले तालमेल गर्नु आवश्यक छ ।’ उनका अनुसार नीति निर्माणका क्रममा दीर्घकालीन विकास, सामाजिक न्याय, र समावेशीकरणका पक्षलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  १२ : ०१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल