२०८२, ४ कार्तिक सोमबार

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट


काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मलेसिया–नेपाल बिजनेस काउन्सिलको २० सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो।

प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा ९दातो० को नेतृत्वमा आएको टोलीले नेपालमा नयाँ उद्यम स्थापनाको सम्भावना, व्यावसायिक वातावरणको समीक्षा तथा दुई देशबीचको आर्थिक सहकार्य विस्तारबारे आफ्नो चासो व्यक्त गर्‍यो।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न कानुनी तथा संरचनागत सुधारहरू गरिरहेको उल्लेख गर्दै, नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनिरहेको जानकारी दिनुभयो। उहाँले “सरकार व्यवसायीहरूसँग साझेदारीमा काम गर्न तयार छ” भन्दै लगानीकर्तालाई स्पष्ट सन्देश दिए ।

प्रतिनिधिमण्डलले प्लास्टिक प्रशोधन, सूचना प्रविधि पार्क, पर्यटन, कृषि, जनशक्ति, कपडा तथा अन्य विविध क्षेत्रमा लगानी गर्न चाहेको बताएको छ। साथै, उनीहरूले नेपालमा दीर्घकालीन व्यवसायिक साझेदारीको अवसर खोजिरहेको स्पष्ट पारे।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडालगायत सरकारका उच्च अधिकारीहरूको उपस्थिति थियो। उक्त टोली नेपाली दूतावास, मलेसियाको सहकार्यमा तीनदिने भ्रमणका लागि असार १८ गते काठमाडौँ आएको हो। भ्रमणको उद्देश्य नेपाल–मलेसिया व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु(याउने रहेको छ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ४ : २९ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,