२०८२, २२ पुस मंगलबार

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्रभावबारे नेपाली साहित्य÷संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताएका छन् । 

शनिबार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोहमा बोल्दै उनले रिमालका गीत संगीतले एमाले र माओवादी पार्टी निर्माणमा समेत सहयोग पुर्याएको भन्दै यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रगतिशील गीत संगीतलाई मानिसको दैनिक जीवनसँग, गीतलाई केवल भावना र मायाप्रेमसँग मात्र होइन परिवर्तनसँग जोडेर काम गर्न आवश्यक छ । परिवर्तनको लागि मानिसलाई तयार गर्न गीत संगीतले कति प्रभाव पार्छ भन्ने अध्ययन नेपाली साहित्य र संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्छ । एमाले निर्माणमा मात्र होइन माओवादी आन्दोलनको निर्माणमा पनि माओवादी आन्दोलनको प्रभाव विस्तारमा धेरै हदसम्म गीत संगीतको भूमिका छ ।’

उनले दक्षिण एसियाको वामपन्थी आन्दोलनको महत्वपूर्ण पक्ष गीत संगीत रहेको बताए ।  साथै, उक्त कार्यक्रममा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मुलुकमा साहित्यिक क्षेत्र मर्यो भने धेरै कुरा मर्ने भन्दै आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउने खालका सिर्जना हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ४ : ०२ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय