२०८२, ७ माघ बुधबार

नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएको बताएका छन् । आइतबार २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै उनले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएका भन्दै कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नु पर्ने अवस्था आएको बताए ।

उनले भने,‘तथ्याङ्क अनुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो। कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नु पर्ने अवस्था आएको छ। नेपालको अधिकांश खेती अझै पनि आकासे पानीमा निर्भर छ। सिंचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठूलो प्रभाव परेको छ।’

त्यस्तै उनले उत्पादन प्रणालीलाई आधुनिक बनाउँदै उच्च गुणस्तरीय धान जातको प्रबद्र्धन गर्न सके आयात प्रतिस्थापन मात्र होइन, निर्यातको ढोका पनि खोल्न सम्भव रहेको बताए ।

उनले भने,‘हामीले उत्पादन प्रणालीलाई आधुनिक बनाउँदै उच्च गुणस्तरीय धान जातको प्रबद्र्धन गर्न सके आयात प्रतिस्थापन मात्र होइन, निर्यातको ढोका पनि खोल्न सम्भव छ। कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आहवान गर्दै पुन २२ ओ. राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दछु ।’उनले भने

प्रकाशित मिति : २०८२, १५ असार आईतबार  ८ : ४३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित