२०८२, २८ भाद्र शनिबार

मकवानपुरमा खुर्पाले हानेर एक जनाको हत्या

मकवानपुरमा खुर्पाले हानेर एक जनाको हत्या


काठमाडौं । मकवानपुरमा एक जनाको हत्या भएको छ। जिल्लाको बागमती गाउँपालिका९९ बेतिनीका ५७ वर्षीय राम बहादुर वाइबाको शनिबार बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

उनको हत्या आरोपमा बेतिनीमा रहेको स्वास्थ्य चौकीका कार्यालय सहयोगी बारा निजगढ नगरपालिका– ३ सिंगोलका ३५ वर्षीय कुमार थापा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार थापाले वाइबामाथि खुर्पा प्रहार गरेका थिए। थापाले वाइबाको घाँटीमा खुर्पा प्रहार गरेका थिए। थापाले नजिक जो आउँछ त्यसलाई पनि मार्छु भनेर धम्की दिएको भन्दै खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले थापालाई नियन्त्रणमा लिएर खुर्पा प्रहारबाट गम्भीर घाइते भएका वाइबालाई अस्पताल पुर्‍याएको थियो ।

बिहान ७ः४५ बजे बेतिनी स्वास्थ्य चौकीका चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको थियो। मृतकको शव पोस्टमर्टमका लागि हेटौंडा अस्पताल पठाएको छ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ११ : ०३ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान