२०८२, १८ चैत्र बिहीबार

माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् : पाण्डे

माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् : पाण्डे


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधान अनुसार हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपश्चात उनले अध्यक्षको सांसद पद निलम्बन हुनु कानूनी व्यवस्था भएको भन्दै यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीबाट पनि निलम्बन गर्नुपर्छ भन्ने कुरा नमिल्ने बताए ।

उनले भने, ‘यस्तो मुद्दा राजनीतिकर्मीहरुलाई आइराख्छ । त्यसकारण मुद्दा एउटा ठाँउमा होला, संसदीय फाँटको काम एउटा ठाँउमा हुन्छ । पार्टीको कामको फाँट प्रक्रिया अर्को ठाँउमा हुन्छ । त्यसकारण मुद्दा लागिसकेपछि सांसद पद स्वत निलम्बन भएको छ । त्यो कानूनी व्यवस्था हो । तर यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीलाई पनि त्यसैगरि निलम्बन गर्नुपर्छ भन्ने कुरा रहदैँन् । पार्टी पद्धती, विधान जस्तो छ त्यही हिसाबले अगाडि बढ्ने हो ।’

यस्तै, उनले आजको समय विचारहरु राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलीको बैठकले निर्णय निकाल्न सक्ने बताए ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ८ : ३३ बजे

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’