२०८३, २८ श्रावण शुक्रबार

भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न माग

भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न माग


काठमाडौं । फलफुलहरुको ‘राजा’को उपमा पाएको आँप यतिबेला नेपाली बजारमा छ्यापछ्याप्ती छ । तर विषादी मिसिएको विदेशी आँपका कारण नेपाली उत्पादन प्रभावित हुँदै आइरहेको छ ।  नेपालमा उत्पादित आँपमा बिषादीको मात्रा कम गराउनेतर्फ लाग्नुपर्नेमा व्यवसायीहरुले बताउने गरेका छन् ।

शुक्रबारदेखि काठमाडौंको लाजिम्पाटमा सुरु भएको आँप महोत्सवमा सहभागी व्यवसायीहरुले विषादीरहित आँप उत्पादनमा जोड दिएका छन् । विषादीरहित आँपको प्रर्वद्धनमा जोड दिनपनि उनीहरुको आग्रह छ । भारतबाट आयातित विषादी मिसिएको आँपका कारण विषादीरहित आँप सेवन गर्न पनि व्यवसायीहरुको आग्रह छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा म्याङ्गो फेष्ट २०२५’का निर्देशक भुवन केसीले नेपाली बजारमा ४० प्रतिशत आँप भारतबाट भित्रिएका विषादीयुक्त आँपको सट्टामा स्वदेशी आँप चिनेर खरिद गर्न आग्रह गरे । ‘प्रदर्शनमा २० प्रजातिका आँप राखेका छौं । जसमध्ये सबैभन्दा महंगा जापानबाट आयात गरिएको ‘ताईयो नो टोमागो’ जातको आँप राखिएको छ । नेपालमा जतिपनि आँप छ त्यसको ४० प्रतिशत आँप भारतबाट नै आयात हुने गरेको छ । भारतीय आँपलाई हटाएर लोकल आँपको चर्चा सबैले गरिदिनुपर्छ । महोत्सवमार्फत पनि स्वदेशी आँपका विषयमा बोलिदिनुपर्छ,’ उनले भने । 

प्रदर्शनीमा ‘ताईयो नो टोमागो’ जातको जापानी आँप पनि प्रदर्शन गरिएको छ । जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने उनले सुनाए । नेपालका रैथाने दशहरी, जरदा, किसानबोग, कलकतियालगायतका आँपहरु प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले नोपालमा १२० प्रजातिका आँपहरु पाइन्छ । नेपाली आँपमा बिषादी कम प्रयोग गरिएको हुन्छ भने भारतबाट ल्याइएको आँपमा भने धेरै विषादी प्रयोग गरिएको व्यवसायीको भनाइ छ ।

नेपालमा सुरुमा बिउ राख्दा विषादी प्रयोग गरिएतापनि आँप पकाउनका लागि भने विषादी प्रयोग नहुने उनीहरुको भनाइ छ । बजारमा धेरैजसो भारतीय आँप नै पाइने भएककाले त्यस्ता आँपलाई हटाएर लोकल आँपको चर्चा गर्नुपर्नेमा व्यवसायीहरुको जोड छ । एग्री नेपालकी फाउण्डर सुनिता नेम्हाफुकीले सरकारले विषादी रहित आँप उत्पादनमा किसानहरुलाई प्रोत्साहित गर्नुपर्ने बताइन् । काठमाडौंमा महोत्सव गर्नुको औचित्य भनेको श्रमिक र किसानहरुको सम्मानका लागि भएको उनले बताइन् । 

त्यसैगरी उष्ण प्रदेशीय वागबानी केन्द्र नवलपुरका प्रमुख राम कुमार यादवले आँप पकाउन विषादी प्रयोग गर्ने गरिएकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । नेपालमा ७० बढी जातको आँप पाइने भएकाले सोही अनुसारको विरुवा उत्पादन गरिरहेको जानकारी दिए ।

बागवानी केन्द्रमा १२० बिगा भन्दा बढी जग्गामा इन्डियन, पाकिस्तानी, अमेरिकनलगायत थुप्रै जातका आँपहरु पाउने गरिएकको जानकारी पनि दिए । विगतको तुलनामा यस बर्ष आँपको मुल्य बढेको अभाव सुरु भएको पनि कृषक कल्पना तिमल्सिनाका अनुसार अहिलेको रासायनिक मलको प्रयोग र भारतीय आँपका कारण मानिसको स्वस्थ्यमा असर परेकाले सचेत भएर काम गर्न सुझाए ।

नेपाली आँपहरुलाई बजारीकरण गर्ने मानिसहरु नरहेकाले यसमा ध्उान दिनुपर्ने उनको बुझाइ छ ।  उनले भनिन्,‘अहिलेको रासायनिक मलको प्रयोग र भारतीय आँपका कारण मानिसको स्वस्थ्यमा परेको असरले गर्दा नेपाली आँपहरुलाई ठाँउठाँउमा बजारीकरण गर्न आवश्यक रहेको छ ।’ उनले आँपको पकेट एरिया विकास गर्न, आँप खेतीमा किसानहरुलाई प्रोत्साहन गर्न र अर्गानिक उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।

सरकारी तथ्याङ्क अनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ । जसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ । जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ९ : ५९ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व