२०८२, २ चैत्र मंगलबार

प्रधानमन्त्री ओली आज स्पेन भ्रमण जाँदै

प्रधानमन्त्री ओली आज स्पेन भ्रमण जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) स्पेन जादैँ छन् । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्पेन जान लागेका हुन् ।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री स्पेनको सेभिल्लामा हुन लागेको उक्त सम्मेलनमा जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन् । साथै, विश्वका अन्य मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ । यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ८ : ३३ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका