२०८२, २९ भाद्र आईतबार

पुष्पलालको संयमता, अनुशासन र दलप्रतिको समर्पण आजको पुस्ताका लागि प्रेरणा: उपाध्यक्ष ज्ञवाली

पुष्पलालको संयमता, अनुशासन र दलप्रतिको समर्पण आजको पुस्ताका लागि प्रेरणा: उपाध्यक्ष ज्ञवाली


सिन्धुली: नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक र सांगठनिक जग निर्माणमा पुष्पलाल श्रेष्ठको योगदान ऐतिहासिक रहेको उल्लेख गर्नुभएको छ।

पुष्पलालकै दूरदृष्टि, धैर्यता र सिद्धान्तप्रतिको निष्ठाका कारण आज नेपालमा कम्युनिष्ट विचार बलियो बनेको उहाँले बताउनुभयो। नेकपा एमाले सिन्धुलीले आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षण दिँदै उपाध्यक्ष ज्ञवालीले ‘नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास’ शीर्षकमा धारणा राख्ने क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँका अनुसार नेपाली कम्युनिस्टहरूले मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद, लेनिनवाद र माओ विचारलाई अवलम्बन गर्दै आएको भए पनि त्यसलाई नेपाली सन्दर्भमा दस्तावेजीकरण गर्ने काम सबैभन्दा पहिले पुष्पलालले गर्नुभएको थियो।

ज्ञवालीले पुष्पलालले महासचिव पदबाट बिना कारण हटाइँदा पनि कहिल्यै पार्टी विरोधी गतिविधिमा नउत्रिएको उदाहरण प्रस्तुत गर्दै उहाँको संयमता, अनुशासन र दलप्रतिको समर्पण आजका पुस्ताका लागि प्रेरणा भएको बताए।

कार्यक्रममा बोल्दै ज्ञवालीले नेपाली कम्युनिस्ट आन्दोलनका शुरुआती दिनहरूमा मोतीदेवी श्रेष्ठको भूमिकालाई पनि स्मरण गर्नुभयो। उहाँका अनुसार मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्न योगदान दिने नेतामध्ये एक हुनुहुन्छ, जसको योगदान आज पनि सान्दर्भिक हुन जरुरी छ।

प्रशिक्षण कार्यक्रममा पार्टी इतिहास, आन्दोलनका आरोह–अवरोह, वैचारिक स्थिरता, सांगठनिक शुद्धता र व्यवहारिक नेतृत्व निर्माणका पक्षमा गहिरो छलफल गरिएको जिल्ला इन्चार्ज मनोजजंग थापाले जानकारी दिनुभयो।

तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई, केन्द्रीय सदस्यहरू मनोजजंग थापा, गणेश पहाडी, सुवास देवकोटा, डम्बर कार्की र प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेल लगायतका नेताहरूले विभिन्न सत्रमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमले एमालेका जिल्ला तथा स्थानीय तहका प्रशिक्षकहरूलाई वैचारिक स्पष्टता, सांगठनिक दक्षता र व्यवहारिक नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  ९ : ४० बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान