२०८२, १० असार मंगलबार

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो।

सांसदहरू डा। अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा ९तामाङ० नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गर्नुभएको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो।

सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट प्रस्तुत गरिएको थियो। यसअघिका बैठकमा विनियोजन विधेयकमाथि सामान्य र मन्त्रालयगत शीर्षकमाथि छलफल भएको थियो। विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्न र स्पष्टीकरणको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  ९ : २१ बजे

पुष्पलालको संयमता, अनुशासन र दलप्रतिको समर्पण आजको पुस्ताका लागि प्रेरणा: उपाध्यक्ष ज्ञवाली

सिन्धुली: नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक

सदनमा उठेको सबैको भावनालाई समेटेर समिति गठन भएको छ : मन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन

अबको दशकलाई सूचना प्रविधि दशकको रूपमा अघि बढाइएको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको

भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु