२०८२, २ कार्तिक शनिबार

केम्पो खुकुरी खेलले विश्वमा नेपालको गौरव बढाउँदैछ : मन्त्री मीनकृष्ण महर्जन

केम्पो खुकुरी खेलले विश्वमा नेपालको गौरव बढाउँदैछ : मन्त्री मीनकृष्ण महर्जन


काठमाडौं । केम्पो खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोह शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन समारोहमा बाग्मती प्रदेशका खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रमुख अतिथिका रूपमा उपस्थित भएर सम्बोधन गरेका थिए । मन्त्री महर्जनले नेपालका खेलकुद क्षेत्रको उत्थान र विशेष गरी केम्पो खुकुरी खेलको विकासमा बाग्मती प्रदेश सरकारको निरन्तर सहयोगको प्रतिवद्धता गर्नुभयो ।


मन्त्री महर्जनले आफ्नो सम्बोधनमा भने, ‘केम्पो खुकुरी खेलले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ । हामीले आगामी २०२६ टर्की विश्व केम्पो च्याम्पियनसिपको लागि नेपाली टोलीलाई पूर्ण सहयोग गर्नेछौं ।’ कार्यक्रममा नेपाल केम्पो खुकुरी फेडेरेसनका १५० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले सहभागिता जनाएका थिए । बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद्ले प्रशिक्षण कार्यक्रमको सहजीकरण र सहयोग गरेको फेडेरेसनका अध्यक्ष पावेलकुमार शाहले जानकारी दिनुभयो ।


राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य कमलबहादुर भट्टराईले छोटो समयमा नेपाल केम्पोको उपलब्धि उत्साहजनक रहेको उल्लेख गर्दै थप संस्थागत विकासका लागि राष्ट्रिय खेलकुद परिषद्बाट सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
समापन समारोहमा संस्थापक तथा प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाले पोर्चुगलमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपबाट नेपालले ५ कास्य र २ रजत पदक जितेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले नेपालमा केम्पो खुकुरी खेलको स्तर बढाउन स्थानीय खेलाडीहरूको उत्पादन र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले केम्पो खेलको विकास र भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।


यसैगरी बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले नेपाल केम्पो खेलको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शनिबार समापन समारोहलाई सम्बोधन गर्नुहुदै सचिव लामाले आगामी दिनमा केम्पो खेल विकास र प्रवर्द्धन गर्नलाई स्थानीय तहसम्म लैजानुपर्ने बताउनु भयो । समापन समारोहमा पोर्चुगलमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपका विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  २ : ५३ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी