२०८२, २० चैत्र शनिबार

केम्पो खुकुरी खेलले विश्वमा नेपालको गौरव बढाउँदैछ : मन्त्री मीनकृष्ण महर्जन

केम्पो खुकुरी खेलले विश्वमा नेपालको गौरव बढाउँदैछ : मन्त्री मीनकृष्ण महर्जन


काठमाडौं । केम्पो खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोह शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन समारोहमा बाग्मती प्रदेशका खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रमुख अतिथिका रूपमा उपस्थित भएर सम्बोधन गरेका थिए । मन्त्री महर्जनले नेपालका खेलकुद क्षेत्रको उत्थान र विशेष गरी केम्पो खुकुरी खेलको विकासमा बाग्मती प्रदेश सरकारको निरन्तर सहयोगको प्रतिवद्धता गर्नुभयो ।


मन्त्री महर्जनले आफ्नो सम्बोधनमा भने, ‘केम्पो खुकुरी खेलले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ । हामीले आगामी २०२६ टर्की विश्व केम्पो च्याम्पियनसिपको लागि नेपाली टोलीलाई पूर्ण सहयोग गर्नेछौं ।’ कार्यक्रममा नेपाल केम्पो खुकुरी फेडेरेसनका १५० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले सहभागिता जनाएका थिए । बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद्ले प्रशिक्षण कार्यक्रमको सहजीकरण र सहयोग गरेको फेडेरेसनका अध्यक्ष पावेलकुमार शाहले जानकारी दिनुभयो ।


राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य कमलबहादुर भट्टराईले छोटो समयमा नेपाल केम्पोको उपलब्धि उत्साहजनक रहेको उल्लेख गर्दै थप संस्थागत विकासका लागि राष्ट्रिय खेलकुद परिषद्बाट सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
समापन समारोहमा संस्थापक तथा प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाले पोर्चुगलमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपबाट नेपालले ५ कास्य र २ रजत पदक जितेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले नेपालमा केम्पो खुकुरी खेलको स्तर बढाउन स्थानीय खेलाडीहरूको उत्पादन र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले केम्पो खेलको विकास र भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।


यसैगरी बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले नेपाल केम्पो खेलको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शनिबार समापन समारोहलाई सम्बोधन गर्नुहुदै सचिव लामाले आगामी दिनमा केम्पो खेल विकास र प्रवर्द्धन गर्नलाई स्थानीय तहसम्म लैजानुपर्ने बताउनु भयो । समापन समारोहमा पोर्चुगलमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपका विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  २ : ५३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।