२०८२, २८ चैत्र आईतबार

मिडिया काउन्सिल विधेयक चाँडै पास हुन्छ : सञ्चारमन्त्री

मिडिया काउन्सिल विधेयक चाँडै पास हुन्छ : सञ्चारमन्त्री

आचारसंहिता विपरीतका गतिविधि नियमन गरिने


पोखरा: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारलाई वास्तविकताको नजिक पुग्न आग्रह गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा शनिबार पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा विकासका लागि सरोकारवालासँग भएको छलफलमा बोल्दै गुरुङले सञ्चार तथा सूचना प्रविधिको विकासले ल्याएका अवसर र चुनौतीको सामना गर्दै राष्ट्रियहित प्रवद्र्धन गर्ने विषय विषयवस्तु सञ्चारमाध्यमले पस्कनु पर्ने बताउनुभयो ।

उहाँले पत्रकारिताका खोजमूलक नभएपछि वास्तविकताको नजिक नपुगिने स्पष्ट पार्नुभयो । सूचनाको हक प्राप्त गर्ने नागरिकको पहिलो अधिकार भएकाले त्यसलाई कसरी प्रत्याभूत गर्ने भन्ने विषयमा चिन्तित हुन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।  त्यसलाई व्यवस्थित र मर्यादित गर्ने विषयमा मन्त्रालयले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘सबै जनताले सूचना पाउने कुराको ग्यारेण्टी सार्वजनिक प्रसारणका माध्यमबाट हुन्छ,’  सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताउनुभयो । साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसदमा पेस गरिने उहाँले जानकारी दिनुभयो । ‘मिडिया काउन्सिल विधेयक शीघ्र पारित गरी आचारसंहिता विपरीतका गतिविधि नियमन गरिनेछ’, गुरुङले भन्नुभयो ।

प्रकाशित मिति : २०८२, १० जेष्ठ शनिबार  ८ : ५७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४