२०८२, २ भाद्र मंगलबार

पूर्वराष्ट्रपति भण्डारीसहित एमालेका नेताहरू चीन भ्रमणमा जाने

पूर्वराष्ट्रपति भण्डारीसहित एमालेका नेताहरू चीन भ्रमणमा जाने


काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ नेकपा एमालेका पदाधिकारीसहित मन्त्री र सांसदहरूसहित छिमेकी मुलुक चीनको भ्रमणमा जाने हुनुभएको छ ।  चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली यही जेठ १० गते चीनको साताव्यापी भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेको हो ।

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोलीमा नेकपा एमालेका सचिव रघुवीर महासेठ, एमाले स्थायी कमिटी सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, गोमा देवकोटा, सार्वजनिक प्रशारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टसहितका टोली चीन जाने सूची बनेको हो ।

उक्त टोलीले चीनको २ वटा शहरमा आयोजना हुने कार्यक्रममा भाग लिने बताइएको छ । चीन भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने तय भएको टोलीका एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार राष्ट्रपतिदेखि उच्च तहका नेतृत्वसँग भेटबार्ता हुने गरी कार्यक्रमको खाका बनाइएको छ ।

प्रकाशित मिति : २०८२, ७ जेष्ठ बुधबार  ९ : ५३ बजे

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

जय हनुमान : शक्ति र सेवाको प्रतीक

भगवान हनुमान हिन्दू धर्मका एक महान देवता हुन्, जो भक्ति,

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले देशभर

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ मा स्थानीयको कडा