२०८२, २० फाल्गुन बिहीबार

पूर्वराष्ट्रपति भण्डारीसहित एमालेका नेताहरू चीन भ्रमणमा जाने

पूर्वराष्ट्रपति भण्डारीसहित एमालेका नेताहरू चीन भ्रमणमा जाने


काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ नेकपा एमालेका पदाधिकारीसहित मन्त्री र सांसदहरूसहित छिमेकी मुलुक चीनको भ्रमणमा जाने हुनुभएको छ ।  चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली यही जेठ १० गते चीनको साताव्यापी भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेको हो ।

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोलीमा नेकपा एमालेका सचिव रघुवीर महासेठ, एमाले स्थायी कमिटी सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, गोमा देवकोटा, सार्वजनिक प्रशारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टसहितका टोली चीन जाने सूची बनेको हो ।

उक्त टोलीले चीनको २ वटा शहरमा आयोजना हुने कार्यक्रममा भाग लिने बताइएको छ । चीन भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने तय भएको टोलीका एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार राष्ट्रपतिदेखि उच्च तहका नेतृत्वसँग भेटबार्ता हुने गरी कार्यक्रमको खाका बनाइएको छ ।

प्रकाशित मिति : २०८२, ७ जेष्ठ बुधबार  ९ : ५३ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको