२०८२, २८ चैत्र आईतबार

संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता

संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज पारित भएको संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२, ०८३ को बजेटमा कर्मचारीका सवाल तथा घरजग्गा कर्जा बीमा कार्यक्रम सम्बन्धी सुझाव संकल कार्यक्रममा उनले संघीय निजामति ऐन ढुङ्गामा लेखिएको अक्षर नभएको भन्दै यसलाई आवश्यकता अनुसार संशोधन गर्न मिल्ने बताएका हुन् । उनले भने, ‘संघीय निजामति ऐन सजिलो विषय थिएन् । तर आज जसरी यो पारित भयो, त्यो ढुङ्गामा लेखिएको अक्षर होईन, आवश्यकता अनुसार यसलाई आगामी दिनमा पनि संशोधन गर्न मिल्छ र गर्छाँै । यो विधेयकले गर्दा निजामति क्षेत्रलाई सहि ठाँउमा आउने छ भन्ने हामीले सोचेका छौँ ।’

यस्तै, उनले संघीय मन्त्रालय सम्हाल्दै संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको भन्दै आज त्यो प्रतिबद्धता पूरा भएको बताए । उनले भने, ‘यो मन्त्रालय सम्हाल्दै गर्दा मेरो प्रमुख काम भनेको संघीय निजामति ऐन जुन झण्डै ९ वर्षदेखि विचाराधिन अवस्थामा थियो । यसलाई मैले प्राथमिकतामा राखेर संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको थिए र आज त्यो साइत पनि जुरेको छ । हाम्रो मन्त्रालयका साथिहरु रातदिन खटेर यो ऐन आएको छ । यसको लागि सबैलाई धन्यवाद दिन चाहान्छु ।’

यसको साथै, उनले बजेटमा कर्मचारीको सवालमा उठेका विषय र माग अर्थमन्त्री लगायत सम्बन्धित निकायमा छलफल गरेर पूरा गराउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, २ जेष्ठ शुक्रबार  ६ : २९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४