२०८२, २ जेष्ठ बिहीबार

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ


धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । पक्राउ पर्नेम धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आइडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले सस्तो दरमा समान दिने भनेर अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए ।

हालसम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार  ३ : ३५ बजे

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि