२०८२, २० चैत्र शनिबार

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँ: पाकिस्तानी प्रधानमन्त्री सरिफ

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँ: पाकिस्तानी प्रधानमन्त्री सरिफ


भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान(कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो।

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक’ भएको दाबी गरेको छ।

पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।

पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’

पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ। रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ७ : ०६ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।